• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

अदालतको अपहेलनामा बालेनसँग लिखित जवाफ माग



काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालीकाका प्रमुख बालेन साहसँग अदालतको अबहेलना सम्बन्धी मुद्धामा लिखित जवाफ मागेको छ ।

न्यायधीश तिलप्रसाद श्रेष्ठको एकल ईजलासले साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । भारतीय एक चलचित्रको विवाद र महानगरले रोक्न दिएको आदेशलाई उच्च अदालत पाटनले उल्टाईदिएपछि मेयर साहले अदालत र सरकारप्रति आक्रमक अभिव्यक्ति सामाजिक संञ्जाल मार्फत दिनुभएको थियो ।

यो पनि पढ्नुहोस– अदालत र सरकार भारतको गुलाम, भारतीय फिल्म चल्न दिन्न: बालेन शाह

साहको सो अभिव्यक्तिले अदालतको मानहानी भएको दाबी गर्दे बर्षा कुमारी झाले साहविरुद्ध सर्वोच्च अदालतलमा मुद्दा दायर गर्नुभएको थियो ।