१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परी बाबुछोरीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षिया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस




भर्खरै