२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परी बाबुछोरीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षिया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस