• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैंत्री नमूना मन्त्रालयको रुपमा विकास गरिनेछ: मन्त्री आचार्य



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताउनु भएको छ ।

आईताबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताउनु भयो । गैर सरकारी संस्थाहरुले आफूखुशी काम गरिरहेको गुनासो आईरहका बेला मन्त्री आचार्यले उनीहरुलाई राष्ट्रिय आवश्यक्ताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताउनु भएको हो । उहाँले सरकारी तथा गैर सरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताउनु भयो ।

मन्त्री आचार्यले भन्नु भयो, ‘संघ, संस्था सम्बन्धि राष्ट्रिय नीति तर्जुमा गर्ने, एकीकृत सामाजिक विकास ऐनको मस्यौदा तर्जुमा गर्ने । अन्तराष्ट्रिय/राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहजीकरण, व्यवस्थापन गर्ने र प्रदेश स्तरीय गैर सरकारी संस्थाहरुको समन्वय, सहकार्य र परिचालन सम्बन्धमा प्रदेश तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम रहेको छ । अन्तराष्ट्रिय/राष्ट्रिय संस्थाहरुलाई राष्ट्रिय राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडी बढिरहेको छ ।’

मन्त्री आचार्यले समाज कल्याण परिषदको कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताउनु भयो ।