७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

नेपालमा कर्मचारीहरुले काम नगरेकै हुन् त?

नेपालमा कर्मचारीहरुले काम नगरेकै हुन् त?
अ+ अ-

माननीय सांसदज्युरुले संसदमा सवाल उठाउन थाल्नुभएको छ।  ‘कर्मचारीले नतिजा दिएनन्। कर्मचारी काम लाग्ने भएनन्। कर्मचारीहरुलाई करारमा राख्नुपर्छ। यो कर्मचारी तन्त्रले काम गर्दैन।’ आदि इत्यादि।

सार्वभौम संसद नीति ,कानुन बनाउने थलो हो। यहाँ उठेका प्रश्न र विषय नीतिगत हुने गर्छन्। कर्मचारीतन्त्रको स्वरुप र नीतिको विषय निजामती सेवा ऐन अहिले सरकारमा विचाराधीन छ। ,यूएनका पूर्वमहासचिव कोफी अन्नान भन्छन  ‘नीतिगत हिसाबले सेवा प्रवाह गर्ने ठाउँ संसद हो ।जनतालाई बिन्दुमा राखेर संसद्ले ऐन कानुन र नीति बनाउनुपर्छ ‘।

तर प्रश्न कर्मचारीको कामयाबी र ल्याकत माथि उठ्दैछ । साँच्चै कर्मचारी काम नलाग्ने नै हुन् त ? संघीय संसदमा उठेका प्रश्न र सवालहरु पेचिला छन्। संसदमा यि सवालहरु कति समीचीन वा यथार्थ छन्। थोरै विश्लेषण गर्ने प्रयास गरेको छु।

राजनीति जनताको नजिकै हुन्छ। कर्मचारितन्त्र राजनीतिको पछाडि। नतिजामा, जनताले राजनीति माथि प्रश्न गर्छन्। उत्तरआधुनिक व्यवस्थापनको सिद्धान्तले लोकतन्त्र वितरण गर्ने प्रशासनलाई जनमुखी प्रशासन मान्छ। जनमुखी प्रशासनले राजनीति र कर्मचारीतन्त्रलाई समान उत्तरदायी र जिम्मेवार बनाउँछ। त्यसैले भनिन्छ कर्मचारीहरुले लोकतन्त्रको वितरण गर्छन्। तर वितरणमा कर्मचारीतन्त्र देखिन्छ ।राजनीति देखिँदैन। त्यसैले राजनीतिक नेताहरु कर्मचारीतन्त्रलाई आफ्नै दलको जेबमा राख्ने प्रयत्न गरिरहन्छन। यहीबाट लोकतन्त्रको नतिजामा होइन, लोकतन्त्र भित्रै कर्मचारीतन्त्र रमाउन थाल्छ। यसैलाई कर्मचारीतन्त्र भित्रको राजनीतिक हस्तक्षेप मानिन्छ।

राज्यका सबै अङ्गमा राजनीति हुन्छ। किनकि यो लोकतन्त्रको सुन्दर पक्ष हो तर यसको थप सुन्दर पक्ष के हो भने शासनका अंगहरुमा राजनीतिको सीमा हुन्छ। यो सीमा भनेको नीति हो। नीति निर्माणपछि राजनीति, निर्देशक वा अनुगमनकर्ताको रुपमा रहन्छ। तर हाम्रो सार्वजनिक प्रशासनमा निर्देशक वा अनुगमनकर्ता भन्दा नीतिको कार्यान्वयनम राजनीतिक नेतृत्व रमाउदै गयो।। त्यसैले राजनीति नेतृत्वबाट कर्मचारीतन्त्र माथि बेलाबेला प्रश्न उठ्ने गर्छ। तटस्थ र प्रतिबद्ध निर्देशक नहुँदा कर्मचारीतन्त्रले नतिजामा अपनत्व देखाउन सकेन। ठाउँ पाउने बित्तिकै राजनीतिले प्रशासनलाई र प्रशासनले राजनीतिलाई सवाल उठाउने कारण यही हो।

संसारको विकसित सार्वजनिक प्रशासनमा राजनीतिले कर्मचारीतन्त्र विषयमा संसदमा सवाल गर्दैन। आफ्नो मन्त्रालयको प्रशासनिक नेतृत्वको योग्यताको निगरानी गर्छ। दुवैको कटाक्ष निगरानीले मात्र नतिजा दिन्छ भन्नेमा उनीहरु विश्वास गर्छन्। त्यहाँ जनताले कर्मचारीतन्त्रलाई राजनीतिक प्रतिनिधित्व ठान्छन्। तर त्यो कर्मचारीतन्त्रले कुनै राजनीतिक दल वा पक्षको बहस गर्दैन। कर्मचारीतन्त्रलाई राजनीतिक योग्यताको विश्वास हुन्छ। तर हाम्रोमा राजनीतिले कर्मचारीको योग्यता माथि प्रश्न गर्छन्। यो प्रश्न योग्यता माथि होइन। कर्मचारीतन्त्र प्रतिको विश्वासको संकट हो।

माननीय सांसदज्युहरुले कर्मचारी नीतिको भित्री पक्ष बुझ्न खोज्दैनन्। कानुन,ऐन ,नियम, कार्यविधि भित्र नतिजा कसरी अड्किएको छ भन्ने विषयमा उनीहरूको कम चासो हुन्छ । आफूले बनाएका कानुनका सीमा भन्दा बाहिर गएर नतिजा खोज्ने प्रवृत्तिले अहिलेको कर्मचारीतन्त्र डराएको छ। यो डरको कारणले उसले आफ्नो योग्यता पनि गुमाउँदै छ। यहीँनेर कर्मचारितन्त्र काम लागेन वा नतिजा दिएन भन्ने सवालहरु संसदमा उठ्ने गर्छन।

हाम्रोमा कर्मचारीतन्त्रदेखि राजनीति डराएको जस्तो देखिन्छ। कर्मचारी ऐन ल्याउन नसक्नुको कारण यहि हो। संसद कानुन बनाउने थलो हो। संविधानको अधिन भित्र रहेर जस्तोसुकै कानुन संसदले बनाउन सक्छ। सरकार वा संसदलाई आफुले चाहेको कर्मचारी सम्बन्धी ऐन ,नीति बनाउने स्वतन्त्रता छ ।तर यो योग्यता राजनीतिक नेतृत्वले राख्नै पर्छ।

अहिले कर्मचारीले चाहेको अभिभावकत्व यहि हो । बजेट नीति कार्यक्रम श्रोत र सीमाहरूको जिम्मेबारी राजनीतिको हुनुपर्छ। र त्यही विषयमा राजनीतिक अनविज्ञता बढी छ। प्रशासनिक विज्ञतालाई गहिरो सम्म बुझ्न नसक्दा राजनीतिले प्रशासनलाई सधैभरी प्रश्न गरिरहन्छ। यसको असर तल्लो सेवा प्रभावमा परिराखेको छ।

कर्मचारीतन्त्रले साँच्चै काम नगरेकै हो तरु यसको सहि उत्तर, हो ! अहिलेको कर्मचारीले तन्त्रले योग्यता अनुसार काम गरेको छैन। किनकि राजनीति जस्तै कर्मचारीतन्त्रले पनि आफ्नो परम्परा मात्र धानेको छ।नवप्रवर्तन र नयाँपनमा अझै कर्मचारीतन्त्र रमाएको छैन। राजनीतिले काम गर्ने वातावरण दिन सकेकै छैन।थुप्रै कर्मचारी, थोरै काम, थोरै सुविधा ,धेरै महत्वकांक्षा, कानुन र कार्यविधि धेरै, नतिजा थोरै, खर्च धेरै उपलब्धि थोरै, ,नेतृत्व धेरै क्षमता थोरै बिचमा तालमेल देखिदैन। जबसम्म यो तालमेल मिल्दैन कर्मचारीले पूर्ण क्षमतामा काम गर्दैन । गर्न सक्दैन।

सबै पदमा करारबाट कर्मचारी संचालन गर्न राजनीतिमा ठूलो साहस चाहिन्छ। किनकि जनताले योग्य सेवा चाहन्छन्। योग्यता भनेको सेवा वितरणमा निष्पक्षता र तथस्टता पनि हो। यसकालागि कर्मचारी भन्दा माथिको विज्ञता र योग्यता राजनीतिमा चाहिन्छ। तब मात्र जस्तोसुकै कर्मचारी प्रणालीले नतिजा दिन सक्छ। असल मालिक प्रतीको वफादारिता कर्मचारीतन्त्रको धारणा पनि हो। राम्रो काम गरे अप्ठ्यारो हुने र नतिजा दिन नसक्दा आलोचित हुने कर्म राजनीतिले कर्मचारीतन्त्रलाई दिएको होइन ।

नेपालजस्ता अविकसित देशहरुमा यस्ता कर्म बढी प्रचलनमा छन्। यही कारणले कानुन बनाउने थलोमा कर्मचारी माथिको योग्यताको प्रश्न बेला-बेला उठिरहन्छ। यो कर्मचारीतन्त्रको मात्र खराबी होइन राज्यका सबै अंगहरूको योग्यताको एकमुष्ट सवाल हो । जसको समयानुकुल उत्तर माननीय सांसदज्युहरु सँगै छ।