महेन्द्रनगर। ट्राफिक नियम तथा सडक सुरक्षाका विषयमा महेन्द्रनगरस्थित विद्यालयका चालकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालयको आयोजनामा २० विद्यालयका चालक तथा सहचालकलाई प्रशिक्षण प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो ।
उहाँले ट्राफिक नियमको पालना, सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानी र अनुशासन लगायतका विषयमा चालक तथा सहचालकलाई प्रशिक्षण दिएको बताउनुभयो ।
महेन्द्रनगरस्थित लिटल बुद्ध एकेडेमी र इन्टरनेशनल पब्लिक स्कुलमा उक्त प्रशिक्षण दिइएको हो । “प्रशिक्षणमा सहभागी चालकले कार्यक्रम उपयोगी भएको भन्दै खुसी व्यक्त गरेर व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका छन्”, प्रमुख नाथले भन्नुभयो– “सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिकसँगै सरोकारवाला निकाय र स्थानीय तह पनि सहजीकरणमा जुट्न आवश्यक छ ।”
कञ्चनपुर ट्राफिक प्रहरीले सदरमुकाम महेन्द्रनगर र पूर्व–पश्चिम राजमार्गमा पछिल्लो समय ट्राफिक सक्रियता बढाएको छ । रासस










