३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल

नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल
अ+ अ-

काठमाडौँ। बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरु हाम्रा पहिचान भएकाले यिनको संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसन’द्वारा आज यहाँ आयोजित तालिम तथा प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरु पनि नेपालका परम्परागत खेलले विश्वमा नै देशलाई पहिचान दिलाउने भएकाले यिनको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल र चिनियाँ खेलाडीको संयुक्त प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा मन्त्री नेपालले यो खेलको संयुक्त तालिम तथा प्रस्तुतिका कार्यक्रमले खेल कूटनीतिका माध्यमबाट नेपाल तथा चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङले चीनको युनान प्रान्तका प्राथमिक विद्यालयमा झेन्जी खेलका पाठ्यक्रम मार्फत् खेलको प्रवद्र्धन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले यस खेलको विकासले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा गरिएको उल्लेख गर्दै आगामी दिनमा नेपालसँग पनि आर्चरी खेलको प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहले झेन्जी खेल नेपालकै परम्परागत धनुर्विद्या अर्थात् धनुर्वाण खेलकै विकसित स्वरुप भएकाले यस खेलको विकास र विस्तारमार्फत् दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यसैगरी मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलका माध्यमबाट नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाउन आफ्ना परम्परागत खेलहरुको पनि संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रमा थप लगानीका लागि नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्खुवासभाका परम्परागत आर्चरी खेलका खेलाडीका साथै चीन र नेपालका आर्चरी तथा उसु खेलका खेलाडीहरुले आफ्ना खेलकला पनि प्रस्तुत गर्नुभएको थियो ।