३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्।

उच्च अदालतले सर्त सहित थुनामुभक्त गर्न आदेश दिएपनि छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि छुट पुर्जी लिन भैरहवामा जाने र उतैबाट छुट्ने बिगतमा उहाँको सचिवालयमा रहनु भएका प्रमोद न्यौपानेले जानकारी दिनुभयो

‘छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि दाइ यहाँबाट भैरहवामा छुट पुर्जी लिन जानु हुनेछ। त्यसैले भोलि छुट्ने हुनुभयो,’ न्यौपाने भन्नुभयो

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको थियो।

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।