३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल



फाइल फोटो
अ+ अ-

बैतडी।  नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन् ।

गोठालापानीमा आज जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् । “देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको छ”, नेता रावलले भन्नुभयो, “संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ ।”

जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उहाँको आरोप छ । देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको रावलले बताउनुभयो । रासस