३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले मुलुकको राजनीतिक वृत्तमा उर्जा संचार गरेको जनाउनु भएको छ ।

आज उच्च अदालत तुल्सीपुरले पार्टी सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ –

आज उच्च अदालत तुल्सीपुरले पार्टी सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरेको छ । सम्मानित अदालतको आदेशप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । सभापति लामिछानेको रिहाइका लागि निरन्तर सदभाव,शुभेच्छा व्यक्त गर्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनहरूप्रति हार्दिक आभार प्रकट गर्नेछौं ।

सभापतिको रिहाइले न्यायालयप्रतिको आस्थालाई पुन: ताजगी दिनुकासाथै मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ । अब निर्धारित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकलाई लयमा फर्काउन उहाँको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक भूमिका निभाउनेछ ।