७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी

भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी
अ+ अ-

मस्को। रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी काराकाससँग निरन्तर सम्पर्कमा रहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा प्रतिबन्धित तेल ट्याङ्करहरूको नाकाबन्दी गर्न यसै हप्ता आदेश दिनुभएको थियो । यसले वासिङ्टन र भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देशबीच नयाँ तनाव बढेको सङ्केत गर्दछ।

भेनेजुएलाले आफ्नो कच्चा तेलको निर्यातमा कुनै असर नपरेको दाबी गर्दै आएको छ । नेता मदुरो क्रेमलिनको सहयोगी मानिनुहुन्छ र वर्षौँदेखि मस्कोमा नियमित पाहुना हुँदै आउनुभएको छ।

मस्कोको विदेश मन्त्रालयले ह्वाइट हाउसले भेनेजुएलामा कुनै पनि ‘घातक गल्ती’ गर्न अनुमति नदिनेमा विश्वास व्यक्त गरेको छ । अमेरिका सम्पूर्ण पश्चिमी गोलाद्र्धमा अप्रत्याशित परिणामहरूको खतरा हुने स्थितिमा थप चिप्लिनबाट जोगिनेछ’ भन्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

उसले ‘तनाव कम गर्न’ वार्ताका लागि आह्वान गरेको छ र मदुरोको सरकारलाई समर्थन गरेको छ । क्रेमलिनले भेनेजुयलासँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “हामी यस क्षेत्रका सबै देशहरूलाई संयम अपनाउन आग्रह गर्दछौँ ताकि स्थितिमा कुनै पनि अप्रत्याशित विकास हुन नसकोस्।”

यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलालाई दक्षिण अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो अर्मादाले घेरिएको बताउनुभएको थियो ।

क्रेमलिनले विगतमा भेनेजुएलाको सङ्घर्षरत अर्थतन्त्रलाई उकास्न मद्दत गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिनाको सुरुमा मदुरोलाई फोन गरी आफ्नो समर्थन जारी रहने दोहो¥याउनुभएको थियो ।  (रासस/एएफपी)