१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत
अ अ+ अ-

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय भएको बताउनुभएको छ ।

न्यायपरिषद् दिवस २०८२ का अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायपरिषद् सिङ्गो न्यायापलिकाको चरित्र निर्माण गर्ने निकाय भएको बताउनुभएको हो ।

“न्याय परिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय हो, यो न्यायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संवैधानिक संरक्षक हो”¬, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “न्यायपरिषद्को प्रत्येक निर्णयले केबल एउटा व्यक्ति वा संस्थालाई मात्र प्रतिविम्बित गर्ने होइन, न्यायप्रतिको जनविश्वासलाई पनि प्रत्यक्ष प्रभाव पार्दछ ।”

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतन्त्रको अपरिहार्य आधारस्तम्भका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उहाँले संविधानमा लेखिएको मूल्यमान्यताको मूर्तरुप कार्यान्वयन गर्ने संस्थाहरू सक्षम, निष्पक्ष र जवाफदेहीपूर्ण भएमात्र हुने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले न्यायपरिषद्को प्रभावकारिता अभिवृद्धिमा सरोकारवाला निकायको सकारात्मक सहयोग अपरिहार्य हुनुपर्ने र सबैको सामूहिक प्रयासबाट नै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामार्फत हुनुपर्नेमा जोड दिनुभयो ।

“न्यायिक निष्पक्षता, स्वतन्त्रता र सक्षमता न्यायपालिकाका आधारभूत मूल्य हुन, जुन सम्पूर्ण न्यायकर्मी र कर्मचारीले आ–आफ्नो कार्यसम्पादनको सिलसिलामा कहिल्यै भुल्न मिल्दैन”, उहाँले भन्नुभयो, “जनताको न्यायपालिकाप्रतिको विश्वास र भरोसा कानुनले सिर्जना गरेका बाध्यता नभई न्यायकर्मीको काम र व्यवहारबाट हासिल हुने स्थिति हो, न्यायिक प्रक्रियाको स्वच्छ र प्रभावकारी व्यवस्थापन एवं त्यसका आधारमा निष्पादन हुने निष्पक्ष न्यायले नै न्यायालय र न्यायकर्मीको गरिमा बढ्ने हुनाले आफ्नो व्यावसायिक दक्षताको इमान्दारीपूर्वक र अधिकतम् प्रयोग गरी न्यायप्रति नै सवैले आफूलाई समर्पित गर्न जरुरी छ ।”

उहाँले प्रक्रियामा कुनै पनि कृत्रिम अवरोध सिर्जना गर्ने, व्यावसायिक धर्मबाट विचलित भएको कुराको ढाकछोप गर्ने, न्यायको प्रवाहलाई अवरुद्ध गर्ने र अन्ततः न्यायको मर्म र गरिमामा प्रहार गर्ने कुनै पनि साना ठूला क्रियाकलाप अक्षम्य रहने कुराको हेक्का राख्दै अहिलेको विषम परिस्थितिमा सबै संस्था एवं निकायले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने भनाई राख्नुभयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, “सबैले सबैको सम्मान गर्ने, सबैले आआफ्नो भूमिका र जवाफदेहीता निर्वाह गर्ने र असल अभ्यासलाई स्थापित गर्दै आआफ्नो कर्म क्षेत्रमा निरन्तर डटेर लाग्नुपर्ने भएको छ ।”

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले न्यायापालिकाको स्वतन्त्रताको संस्थागतरुपमा सुदृढीकरण गर्नुपर्ने र न्यायापालिकाको साख उठाउने काममा सबै लाग्नुपर्ने बताउनुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपनाप्रधान मल्लले सम्पूर्ण न्यायाधीशले निडर भएर स्वच्छ र सक्षम भएर काम गर्नु आग्रह गर्दै सिङ्गो न्यायापालिको सबैको साथमा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न र स्वच्छ ढङ्गले राज्य सञ्चालन गराउनका लागि न्यायापालिकाले सुन्नु र हेर्नुपर्ने बताउनुभयो ।

वरिष्ठतम् न्यायाधीश मल्लले न्यायाधीशलाई कसैको प्रभावबाट जोगाउनेपर्ने चुनौती, जनताको आस्थाबाट उठेका प्रश्न परिषद्मा भएका निराशालाई आशामा परिणत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महान्यायाधीवक्ता सविता बरालले न्यायापालिकाले अहिलेसम्म हाँसिल गरेका उपलब्धिलाई संस्थागत गर्दै उत्तरदायी र जनमुखी न्यायनिरुपणमा ध्यान दिनुपर्ने आवश्कता भएको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मुलुकलाई सही मार्गमा ल्याउनका लागि तोकिएको मितिमा निर्वाचन हुन नसके संसद् पुनःस्थापना हुनेपर्ने बताउनुभयो । उहाँले संसद् नभएको अवस्थामा संसदीय सुनुवाइसमेत नहुने भएकाले यस्तो अवस्थामा न्यायालयमा नेतृत्वविहीन अवस्था आउने बताउनुभयो ।

सर्वोच्च अदालत बार एशोसिएनका कार्यवाहक अध्यक्ष अम्बरबहादुर राउतले न्यायाधीश नियुक्ति गर्दा जनअपेक्षाअनुसार न्यायाधीश नियुक्ति जरुरी भएको र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

न्यायपरिषद् दिवसका अवसरमा उच्च अदालत विराटनगर इलाम इजलास प्रमुख भई काम गर्ने न्यायाधीश विपुल न्यौपाने र रुपन्देही जिल्ला अदालका न्यायाधीश अशोककुमार बस्नेतलाई जनहरु रु १५ हजारसहित प्रधानन्यायाधीशले सम्मान गनुभएको थियो ।