३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.93

Wind: 1.54

Humidity: 72

Latest
पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा राप्ती नदीमा डुबेर युवतीको मृत्यु एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन मकालुमा लेक लागेर चिकित्सकको मृत्यु ‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ नगरपालिकामा ‘नगर छोरी’ कार्यक्रम



तस्बिर: खेमराज गौतम/रासस
अ+ अ-

बलेवा । बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्राँै नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

यस कार्यक्रमअन्तर्गत छोरी जन्मिएपछि छोरीका नाममा नगरपालिकाले रु पाँच हजारको मुद्दती खाता खोली उक्त खातामा सम्भव हुने अभिभावकलेसमेत रकम थप गर्न पाउने गरी नगर छोरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रियरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरिने उहाँले बताउनुभयो ।

समाजमा छोरी जन्मिएपश्चात् आमा र नवजात शिशुलाई गरिने व्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरीप्रतिको दृष्टिकोणलाई चिर्न यो कार्यक्रम ल्याइएको श्रेष्ठको दाबी छ ।

बागलुङ नगरपालिकाले ‘जग्गाधनी र कृषकलाई जोडौँ, जमिन बाँझो नछोडौँ’ भन्ने उद्देश्यका साथ खेतबारीलाई बाँझो राखी आयातित वस्तुमा परनिर्भर हुने पद्धतिको अन्त्य गर्नका लागि जग्गा बाँझो छोड्ने जग्गाधनीलाई जरिवानाको व्यवस्था गर्ने भएको छ ।

त्यसैगरी ‘एक वडा एक पकेट’ एक मोडल फर्म सञ्चालनको सुरुआत गर्ने दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगर बनाउने, अन्तरपालिका समन्वयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्यमुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बृहत् कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गर्ने र बागलुङ घुम्न जाआँै कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम नीति तथा कार्यक्रम नगरिपालिकाले समावेश गरेको छ ।

त्यसैगरी सो नीति तथा कार्यक्रममा ‘एक वडा, एक छाक, एकरात’ अभियान पनि सञ्चालन गर्ने बताइएको छ । नगरपालिकाभित्र लगानीका क्षेत्रको पहिचान गरी बागलुङ लगानी सम्मेलन आयोजना गर्ने र यसमार्फत् ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न सहज हुने उल्लेख छ । आफू जन्मेको माटो र आफू हिँडेको बाटोलाई मायागरी मातृभूमि फर्कांै भन्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । रासस