२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः पाँच वर्षपछि भारत–पाकिस्तान आमनेसामने हुँदै



अ+ अ-

एजेन्सी । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप अन्तर्गत आज बुधबार साँझ आयोजक भारत र पाकिस्तानको टोली आमनेसामने हुँदैछन् । बैंगलोरको श्री कान्तीरवा स्टेडियममा यी दुईबीचको प्रतिष्ठित खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली ५ वर्षपछि फुटबल मैदानमा आमनेसामने हुन लागेका हुन् ।

साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ४ सम्म चल्नेछ । समूह ‘ए’ मा भारतसँगै नेपाल, पाकिस्तान र कुवेत छन् । समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

पाकिस्तानपछि २४ जुनमा भारतले नेपालसँग र २७ जुनमा कुवेतसँग खेल्नेछ । प्रतियोगिताका २ वटा सेमिफाइनल जुलाई १ मा र फाइनल खेल ४ जुलाईमा बैंगलोरमा हुनेछ ।

भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । टोलीले २०२१ मा अन्तिम उपाधि जितेको थियो । सन् १९९३ मा पहिलो टूर्नामेन्ट जितेर ४ पटक उपविजेता र १ पटक तेस्रो स्थानमा रहँदै भारतले ८ पटक ट्रफी कब्जा गरेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिताको १३ औं संस्करण बुधबारदेखि सुरु हुन लागेको हो ।

भारत बाहेक माल्दिभ्स २ पटक च्याम्पियन बनेको छ । योसँगै बंगलादेश, अफगानिस्तान र श्रीलंका एक–एक पटक च्याम्पियन बनेका छन् । भारतको चिर प्रतिद्वन्द्वी पाकिस्तानले भने एकपटक पनि प्रतियोगिताको फाइनल खेल्न सकेको छैन ।

भारत र पाकिस्तान सन् २०१८ पछि पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघिको खेल साफ च्याम्पियनसिपमा नै खेलिएको थियो । यो खेल भारतले ३–१ ले जितेको थियो । भारत विरुद्ध पाकिस्तानको अन्तिम जित जुन २००५ मा भएको थियो, जब पाकिस्तानले मैत्रीपूर्ण खेल ३–० ले जितेको थियो । यी दुईबीच साफमा ८ खेल भएका छन् । जसमध्ये ६ खेलमा भारतले जित हासिल गर्दा पाकिस्तान एक पटक विजयी बन्यो । यस्तै, एक खेल भने बराबरीमा टुंगिएको थियो ।

१३ डिसेम्बर १९५९ मा भारत र पाकिस्तानको टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा आमनेसामने भएका थिए । यो खेल भारतले १–० ले जितेको थियो । त्यसयता यी दुईबीच कुल २४ खेल खेलिएका छन्, जसमा भारतले ११ र पाकिस्तानले मात्र ३ खेल जितेको छ । दुवैबीच १० वटा बराबरी पनि भएको छ ।