२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोल गर्दै पोर्चुगललाई जिताए



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत पोर्चुगलले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन एकमात्र निर्णायक गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन् ।

भिएआरले रोनाल्डोको गोललाई मान्यता दिएको हो । ८० औं मिनेटमा विलम विलम्सनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।

यस खेलबाट रोनाल्डोले विश्व कीर्तिमान राखेका छन् । उनी २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् । समूह ‘जे’ मा रहेको पोर्चुगलको यो लगातार चौंथो जित हो । १२ अंकका साथ पोर्चुगल तालिकाको शीर्षस्थानमा रहेको छ । आइसल्याण्ड भने ३ अंकका साथ पाँचौं स्थानमा छ ।