२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण सोमपालले विश्वकप छनोटका तीन खेल गुमाउने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गतको तीन खेल गुमाउने भएका छन् ।

आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपालले समूह चरणका तीन खेल गुमाउने भएका हुन्। यससँगै उनले आज अमेरिकाविरुद्धको खेलपनि गुमाउने भएका छन् ।

आईतबार भएको जिम्बावेविरुद्धको खेलमा ३४ औं ओभरको तेस्रो बलमा ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । सो पछि सोमपालले मैदान छाडेका थिए । र उनको बाकि बाँकी तीन बल आरिफ शेखले हानेर ओभर पूरा गरेका थिए ।

सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेपछि उनको हातमा दुई वटा टाँका लगाइएको छ । अब उनले एक हप्ता आराम गर्नुपर्ने हुन्छ । सोहि क्रममा उनले तीन ओटा खेल गुमाउनेछन् ।

सोमपाल खेल्न नसक्दा नेपालको बलिङ आक्रामण झनै कमजोर बन्ने सम्भावना देखिन्छ। उनी नहुँदा बलिङमात्रै होईन नेपालको तल्लोक्रमको ब्याटिङ कमजोर हुनेछ । नेपालले उनको स्थानमा ललितनारायण राजवंशी र प्रतिश जि।सी मध्ये एकलाई खेलाउन सक्छ ।

आज नेपाल र अमेरिकाबीच खेल दिउँसो १२: ४५ मा ताकशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालको ओपनरद्वय कुशल भुर्तेलको ९९ र आसिफ शेखको ६६ रनको सहयोगमा २ सय ९० रनको योगफल बनेपनि पराजित हुन पुगेको थियो ।

अमेरिका पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । अन्तिम तीनमा रहेर समूह ए बाट सुपर सिक्समा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ।