२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाइब्रिड मोडल’ अनुसार पाकिस्तान र श्रीलङ्कामा हुने भयो एसिया कप



अ+ अ-

काठमाडौं । लामो समयको अन्योलमा रहेको एसिया कप क्रिकेट पाकिस्तान र श्रीलङ्कामा हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ अनुसार प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुने लगभग टुंगो लगाएको हो ।

क्रिकइन्फोले जनाएअनुसार ‘हाइब्रिड मोडल’ अनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू पाकिस्तानमा हुनेछन् भने बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने छ ।

भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकाले नै आयोजना गर्नेछ ।

क्रिकइन्फोको रिपोर्ट अनुसार एसीसीले यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे आधिकारिक घोषणा गर्ने छ । प्रतियोगिता १ देखि १७सेप्टेम्बर सम्म हुनेछ ।

पाकिस्तान र भारतबीचको राजनीतिक विवादले गर्दा एसिया कप हुने नहुने अन्योलमा परेको थियो। पाकिस्तानले एसिया कप आफ्नै होम ग्राउण्डमा गराउन अडान राखेर हाइब्रिड मोडल प्रस्ताब गरेको थियो । तर, एसीसीलेकुनै रुचि देखाएको थिएन । पछि, पाकिस्तानले युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेको थियो । तर,  बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो ।

नेपाल पनि एसिया कपमा सहभागिता जनाउदै छ । यस प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान रहेका छन् ।