८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोर जलाशययुक्त आयोजनाबारे पावर चाइनासँग स्पष्टीकरण माग



अ+ अ-

काठमाडौँ । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रश्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने भएको छ ।

आईतवार बसेको लगानी बोर्डको बैठकले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको कुनै प्रगति नभएपछि पत्राचार गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डले चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले निर्माण गर्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको बारेमा पत्राचार गर्ने निर्णय गरेको हो । चिनियाँ र नेपाली लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि लगानी बोर्डको बैठकले आयोजना बनाउने/नबनाउने भन्ने विषयमा पत्राचार गर्ने निर्णय भएको लगानी प्रवक्ता अमृत लम्सालले बताउनु भयो ।

उहाँले दुई कम्पनी र लगानी बोर्डसँग भएको सम्झौताबारे छलफल भएको बताउनु भयो । अरुण तेस्रो जलविद्युत आयोजनासहित विदेशी लगानीबाट निर्माण हुने र निजी क्षेत्रबाट सञ्चालन भइरहेका परियोजनालाई राज्यले प्राथमिकता दिने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहालले जोड दिनुभएको पनि जानकारी दिनुभयो । उहाँले सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रिय हीत अनुकुल हुनेगरी कार्य गर्न पनि निर्देशन दिनुभएको बताउनु भयो ।

बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना विकासको लागि एसजेभिएन लोअर अरुण पावर डेभलपमेण्ट कम्पनीसँग गरिने परियोजना विकास सम्झौताको सहमति अन्तिम मस्यौदा दस्ताबेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रीपरिषद्मा पठाउने निर्णय गरेको छ ।