८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा
अ+ अ-

झापा। झापाको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबीच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी आज सम्झौता भएको छ ।

सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यकपर्ने रगत निःशुल्क उपलब्ध गराइनेछ । रगतको सेवा शुल्कबापत प्रतिपिन्ट रु एक हजार १०० नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई त्रैमासिक रूपमा भुक्तानी गर्नेछ ।

सम्झौतापत्रमा अर्जुनधारा नगरपालिकाका तर्फबाट नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रमुख प्रशासकीय अधिकृत हिमराज सिँहाइ तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका तर्फबाट सभापति लोकराज ढकाल र शाखा अधिकृत हरिशरण खड्काले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि नगरप्रमुख तामाङले उपचारका क्रममा आर्थिक अभावका कारण कुनै पनि नगरवासी रगतबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “रगत अभावका कारण कुनै पनि नागरिकको उपचार प्रभावित हुनुहुँदैन भन्ने नगरपालिकाको मान्यता हो”, उहाँले भन्नुभयो, “यस सम्झौताले नगरवासीलाई सहज, छिटो र निःशुल्क रूपमा रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

सेवा लिन बिरामीले चिकित्सकले सिफारिस गरेको रगत मागको पुर्जी, अर्जुनधारा नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजात तथा रगत बुझेको रसिद पेस गर्नुपर्नेछ । सम्झौताअनुसार एउटै बिरामीलाई बढीमा पाँच पोकासम्म रगतको सेवा शुल्क नगरपालिकाले व्यहोर्ने छ ।  रासस