१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी
अ अ+ अ-

काठमाडौँ, ७ साउनः उपराष्ट्रपति रामसहायप्रसाद यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ ललितपुरमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि इजिप्टका राजदूत शरिफ एल दिवानीद्वारा आयोजित उक्त समारोहमा यहाँस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक समुदायका सदस्य, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस अवसरमा राजदूत एल दिवानीले नेपाल र इजिप्टबीच करिब सात दशकदेखि सौहार्दपूर्ण कूटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ तथा असंलग्न आन्दोलनलगायत अन्तरराष्ट्रिय मञ्चमा दुवै मुलुकबीच घनिष्ठ सहकार्य रहँदै आएको तथा बहुपक्षीयता, संवाद र विवादको शान्तिपूर्ण समाधानप्रति दुवै देश प्रतिबद्ध रहेको बताउनुभयो ।

हालका वर्षहरूमा शिक्षा, संस्कृति, पर्यटन, कृषि, व्यापार, लगानी तथा क्षमता अभिवृद्धिलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार हुँदै गएको उहाँको भनाइ थियो । उहाँले अल–अजहर विश्वविद्यालयसहित इजिप्टका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

राजदूत एल दिवानीले नेपाल र इजिप्टका परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रअन्तर्गत गत महिना सम्पन्न पछिल्लो बैठक सफल भएको उल्लेख गर्दै नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र इजिप्टको इन्स्टिच्युट अफ डिप्लोमेटिक स्टडिजबीच समझदारीपत्रसहित विभिन्न सम्झौतामा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

उहाँले ‘इजिप्ट भिजन २०३०’ अन्तर्गत पूर्वाधार, यातायात, ऊर्जा, कृषि, स्वास्थ्य, शिक्षा तथा डिजिटल रूपान्तरणका क्षेत्रमा व्यापक सुधार र लगानी भइरहेको उल्लेख गर्नुभयो । साथै नवीकरणीय ऊर्जा, लगानी प्रवर्द्धन, पर्यटन तथा क्षेत्रीय व्यापारमा इजिप्टले उल्लेखनीय प्रगति हासिल गरेको उहाँले बताउनुभयो ।

राजदूत एल दिवानीले मध्यपूर्वमा शान्ति, स्थायित्व र संवाद प्रवर्द्धनप्रति इजिप्ट प्रतिबद्ध रहेको दोहोर्‍याउँदै व्यापार, पर्यटन, शैक्षिक आदानप्रदान तथा संस्थागत सहकार्यका माध्यमबाट नेपाल–इजिप्ट मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।रासस