१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ

बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
अ अ+ अ-

काठमाडौँ।  बिमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता गरेको आरोपमा ३९ वर्षीय मृदुला सरिया पक्राउ परेकी छन्।

ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिको निरीक्षणका क्रममा बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले निजलाई पक्राउ गरेको हो ।

नेपाल बिमा प्राधिकरणले सोसम्बन्धी कसुरको अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो । झापाको साविक भद्रपुर गाविस वडा नं ११ बस्ने सरियालाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ आज पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपम शम्शेर जबराले जानकारी दिनुभयो ।

निजले बिमासम्बन्धी ऐनको दफा १४० को १ (छ) मा उल्लेखित ‘बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बिमालेख जारी गर्दा, बिमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बिमा दाबी भुक्तानी गर्दा वा बिमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरुपयोग गरेमा’ भन्ने कसुर उल्लङ्घन गरेको अनुसन्धानका क्रममा पाइएको छ ।

यसैबीच, बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल आज पक्राउ परेका छन् ।

व्यवसायी दीपक भट्टसमेत भएको बिमा ऐन, २०७९ अन्तर्गत र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका निजलाई ब्युरोको टोलीले आज काठमाडौँ महानगरपालिका, वडा नं ७ सिफलबाट पक्राउ गरेको हो । रासस