१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह

‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह
अ अ+ अ-

बागमती। जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्क्यामर तथा अन्य अपराधीको निगरानीका लागि सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा आज जारी सूचनामा स्क्यामर (जालसाज गर्ने)ले भ्रममा पारी बैंक खातामा पैसा हाल्न लगाउनेजस्ता गतिविधि बढेकाले सचेत रही निगरानी गर्न आग्रह गरिएको हो ।

हेटौँडाका होटल तथा गेष्ट हाउसमा ग्राहकका रूपमा आएर अनलाइन किनमेल, अनलाइन जागिर, चिठ्ठा, व्यवसाय, बजार अनुसन्धान, उद्योगमा लगानी, होलसेल कारोबारलगायत नामको प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट आफ्नो क्युआरमा वा नेपाल तथा भारतस्थित बैंक खातामा पैसा हाल्न लगाउने तथा अन्य विभिन्न उपायको प्रयोग गरी रकम छल्न ‘स्क्यामिङ’ गर्नेजस्ता घटनाको वृद्धि भइरहेकाले सचेत रहँदै निगरानी बढाउन सबैमा आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

यस विषयमा पीडितको गुनासो आउने गरेको र त्यस्ता व्यक्तिले होटल तथा गेष्ट हाउसमा लामो समय बसेर होटल/गेष्ट हाउस सञ्चालकको फोन, सवारीसाधनको प्रयोग गरी विभिन्न व्यक्तिलाई जालझेल गरी ठग्ने गरेको पाइएकाले यस्तो कार्यलाई पूर्ण रूपमा निगरानी गर्न, शङ्कास्पद व्यक्तिको गतिविधिका बारेमा प्रहरीलाई खबर गर्न प्रशासनले आग्रह गरेको हो ।

त्यस्ता ठग तथा अपराधीको दैनिक/रात्रि गतिविधिका बारेमा होटल व्यवस्थापकसमेत जिम्मेवार रूपमा सचेत रहन जानकारी गराउँदै प्रशासनले कतै कसैले कुनै पनि नागरिकलाई यस विषयमा ठगी गर्ने मनसायले प्रयोग गरेको देखिएमा अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । रासस