• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

लिग वानको उपाधि पिएसजीलाई, मेसीले तोडे रोनाल्डोको कीर्तिमान



एजेन्सी । अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

गएराति भएको खेलमा स्ट्रासवर्गसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले कीर्तिमानी ११औं पटक लिग वान उपाधि जितेको हो । पाहुना टोली पिएसजीले खेलको ५९ औं मिनेटमा मेसीको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

७९ औं मिनेटमा स्ट्रासवर्गका केभिन गामेरियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र बराबरीको नतिजाले नै पिएसजी एक खेल बाँकी छँदै च्याम्पियन बन्यो ।

लिग वानमा मेसीको यो ७४ खेलमा ३२औं गोल रहेको छ । यस गोलसँगै मेसीले युरोपको शीर्ष पाँच लिगमा क्रिस्टियानो रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् । मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरे । यसअघि यो कीर्तिमान रोनाल्डोको नाममा (४९५ गोल) रहेको थियो ।

पिएसजीको ३७ खेलबाट ८५ अंक भएको छ । दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट ८१ अंक रहेको छ । अब बाँकी रहेको एक खेलमा पिएसजी पराजित भए र लेन्सले जित निकालेपनि उसले पिएसजीलाई भेट्दैन । स्ट्रासवर्ग ४० अंकका साथ १५ औं स्थानमा छ ।