१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह

बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह
अ अ+ अ-

एजेन्सी । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन्।

अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए । तर, जय शाहले यस्ता समाचारको खण्डन गरेका छन् ।

एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै पनि अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । भाइरल भएको समाचार गलत हो । जब हामी अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्छौं, टीम इन्डियाको मुख्य प्रशिक्षकको पद सबैभन्दा महत्त्वपूर्ण हुन्छ। विश्वमा सबैभन्दा धेरै फ्यान भारतीय टोलीका छन् । हामी टीम इन्डियाका लागि सही तरिका र प्रतिभाका आधारमा प्रशिक्षक छनोट गर्नेछौं । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ। उसले घरेलु क्रिकेटको बारेमा पनि जान्नु पर्छ ताकि उसले टीम इन्डियालाई अर्को स्तरमा पुर्‍याउन सकोस।’

यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले आफुलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताएका थिए । उनले बीसीसीआईले आफुलाई सम्पर्क गरेपनि त्यसका लागि तयार नरहेको बताएका थिए ।

यस्तै, लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक ल्याङ्गरले पनि यो पदका लागि आफू तयार नभएको बताएका छन् ।

बोर्डले अप्रिल १३ मा मुख्य प्रशिक्षक पदका लागि आवेदन खmुाएको थियो । आवेदन दिने अन्तिम मिति मे २७ गते बेलुकी ६ बजेसम्म रहेको छ । टीम इन्डियाको नयाँ मुख्य प्रशिक्षकको कार्यकाल जुलाई २०२४ देखि डिसेम्बर २०२७ सम्मका लागि हुनेछ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । उनकै प्रशिक्षणमा टोलीले २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल खेलेको थियो। सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म थपिएको थियो ।