१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद

परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद
अ अ+ अ-

काठमाडौं । नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावास र अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) ले आज परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद गरिएको छ ।

‘परिवर्तनशील हिमालयमा जल सुरक्षाः आर्थिक वृद्धि, खाद्य सुरक्षा र समावेशिताका लागि विपद् उत्थानशीलता र रूपान्तरणको सम्भावना उजागर’ विषयमा आज यहाँ आयोजित संवादमा हिमालय क्षेत्रमा जल सुरक्षाका विषयमा छलफल भएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा जगदीश्वर कर्माचार्य, इमीका महानिर्देशक डा मार्क स्मिथ, यहाँस्थित बेलायती दूतावासका वरिष्ठ विकास परामर्शदाता एलेक्स लाउ र राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले जलवायुका असर र बच्ने उपायबारे धारणा व्यक्त गर्दै हिमनदीको पग्लिने क्रम, अनियमित मनसुन र हिमताल विस्फोट भई हुने बाढीका घटना अब अनुमान सीमित नरहेका बताउनुभयो ।

हिमालयले करिब दुई अर्ब मानिसको जीवन धान्ने नदीहरूलाई पानी प्रदान गरेको उल्लेख गर्दै उहाँहरूले यसको संरक्षणमा जोड दिनुभयो । नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शम्सीले युएईले जल कूटनीतिलाई रणनीतिक आवश्यकताका रूपमा लिएको बताउँदै नेपालसँग समुद्री पानी प्रशोधन तथा एकीकृत जल व्यवस्थापनमा आफ्नो अनुभव साझा गर्न तयार रहेको बताउनुभयो ।

युएई र सेनेगलले सन् २०२६ को संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलन २०२६ डिसेम्बर ८ देखि १० तरिखसम्म अबुधाबीमा आयोजना गर्दैछन् ।