१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजे भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई सुनको लेपन लगाइएको कपडासहित पक्राउ गरेको हो ।

दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेटमा एक्सरे मेसिनमा स्क्यानिङ गर्दा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो ।

पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।

पक्राउ परेका गोक्लानीलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।