८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी

केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिगको १७ औं सिजन अन्तिम चरणमा प्रवेश गरेको छ । कोलकाता नाइट राइडर्स (केकेआर) यसअघि नै फाइनलमा पुगेको छ । आज हुने राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद बीचको दोस्रो क्वालिफायर खेल जित्नेले मे २६ मा कोलकातासँग फाइनल खेल्नेछ ।

इंग्ल्याण्डका दिग्गज खेलाडी ग्रिम स्वानले आईपीएल २०२४ को फाइनललाई लिएर भविष्यवाणी गरेका छन् । फाइनल खेल चेन्नईको चेपौक स्टेडियममा हुने भएको छ ।

ग्रीम स्वानले एक मिडिया अन्तर्वार्तामा कोलकाता नाइट राइडर्सले ट्रफी उचाल्ने बताएका छन् । उनले भने, कोलकाता नाइट राइडर्सले यस पटक ट्रफी उचाल्ने छ। ब्याटिङ होस्, बलिङ होस् वा फिल्डिङ होस्, केकेआर यी सबै क्षेत्रमा समृद्ध टोलीको रूपमा देखिन्छ। गौतम गम्भीर प्रशिक्षकका रूपमा फर्किएपछि कोलकाताले यो सिजन आफ्नो दबदबा कायम राखेको छ र अहिलेको उत्कृष्ट टोली हो।

केकेआरले फाइनलमा को सँग भिड्ने ?

क्वालिफायर १ मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै सिधै फाइनलमा प्रवेश गरेको थियो। अब आज फाइनल पुग्ने दोस्रो टोली बन्न हैदरावाद र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । इंग्ल्याण्डका लिजेण्ड ग्रिम स्वानले केकेआरविरुद्धको खेलमा प्याट कमिन्सले पहिले बलिङ गर्ने निर्णय गलत भएको बताएका छन् । फिल्डको अवस्थालाई ध्यानमा राख्दै, हैदराबादले पछ्याउनुपर्ने उनले बताए ।

स्वानका अनुसार हैदरावादका खेलाडीले क्वालिफायर २ खेलमा आक्रामक क्रिकेट खेल्न सक्ने बताएका छन् । तर राजस्थान रोयल्स राम्रो टिम साबित हुने उनले बताए । उनले फाइनलमा केकेआर र आरआर बिच भिडन्तहुनसक्ने बताए ।

आईपीएलमा कोलकाता, हैदराबाद र राजस्थान तीनै टोलिले ट्रफी उचालिसकेका छन्। कोलकाता नाइट राइडर्सले सन् २०१२ र २०१४ मा गौतम गम्भीरको कप्तानीमा दुई पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको थियो। जहाँ सन् २०१६ मा सनराइजर्स हैदरावादले उपाधि उचालेको थियो । आरआर आईपीएल इतिहासमा पहिलो च्याम्पियन बनेको थियो ।