१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ?



फाइल तस्विर
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सहकारी ठगी छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेशमा सहमति नजुटिरहेका बेला एमाले अध्यक्ष ओली र गृहमन्त्री रविबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न रवि बालकोटस्थित निवासमै पुगेका हुन् ।

दुई नेताबीच संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुरा भएको बताइएको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठक अबरुद्ध गर्दै आएको छ । समिति गठनमा दलहरुबीच सहमति जुटे पनि कार्यक्षेत्र टुंगो लाग्न बाँकी छ ।

नेपाली कांग्रेसले समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन गर्नुपर्ने विषय समेट्नुपर्ने अडान राखिएको छ । तर सत्तारुढ दलले त्यसमा सहमति जनाएका छैनन ।

ओली र रविबीच यस विषयमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

दुई नेताबीचको भेटवार्ता अघि प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी बैठक सकिएलगत्तै ओली र रविबीच भेटवार्ता भएको हो ।