६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वानको उपाधि पिएसजीलाई, मेसीले तोडे रोनाल्डोको कीर्तिमान



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

गएराति भएको खेलमा स्ट्रासवर्गसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले कीर्तिमानी ११औं पटक लिग वान उपाधि जितेको हो । पाहुना टोली पिएसजीले खेलको ५९ औं मिनेटमा मेसीको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

७९ औं मिनेटमा स्ट्रासवर्गका केभिन गामेरियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र बराबरीको नतिजाले नै पिएसजी एक खेल बाँकी छँदै च्याम्पियन बन्यो ।

लिग वानमा मेसीको यो ७४ खेलमा ३२औं गोल रहेको छ । यस गोलसँगै मेसीले युरोपको शीर्ष पाँच लिगमा क्रिस्टियानो रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् । मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरे । यसअघि यो कीर्तिमान रोनाल्डोको नाममा (४९५ गोल) रहेको थियो ।

पिएसजीको ३७ खेलबाट ८५ अंक भएको छ । दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट ८१ अंक रहेको छ । अब बाँकी रहेको एक खेलमा पिएसजी पराजित भए र लेन्सले जित निकालेपनि उसले पिएसजीलाई भेट्दैन । स्ट्रासवर्ग ४० अंकका साथ १५ औं स्थानमा छ ।