६ भाद्र २०८३, शनिबार
,
Latest
छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन



अ+ अ-

सुनसरी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनमा लैजान जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिनुभएको छ ।

मन्त्री श्रेष्ठले भोक्राहा नरसिंहको सबस्टेशनसमेत बाढीको उच्च जोखिममा रहेकाले उपलब्ध स्रोत साधनको प्रयोग गरी तत्काल क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न र आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । उहाँले तत्काल जोखिम न्यूनीकरणका प्रयाससँगै दीर्घकालीन नदी व्यवस्थापन योजनालाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

निरीक्षणका क्रममा उहाँले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिनुभयो । विद्युत् क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै आवश्यक रणनीति निर्माण गर्नुका साथै नीतिगत सुधार आवश्यक देखिए त्यसतर्फ समेत काम गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निरीक्षण तथा छलफल कार्यक्रममा सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य दीपककुमार साह, प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठ, मोरङ–६ का सांसद रुबिना आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठलगायत जनप्रतिनिधिको उपस्थिति थियो । रासस