८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो

टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकपअघि बंगलादेशसँगको टी–२० सिरिज जितेर अमेरिकाले आफूलाई बलियो साबित गरेको छ । ह्युस्टनस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको दोस्रो टी–२० खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले पराजित गरेको छ ।

योसँगै अमेरिकाले तीन खेलको टी–२० सिरिजमा २–० को अग्रता बनाएको छ । अमेरिकाले बंगलादेशलाई कुनै पनि फर्म्याटको सिरिजमा हराएको यो पहिलो पटक हो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदै १३८ रन मा समेटिएको थियो ।

अमेरिकाका ओपनर स्टिभन टेलर र कप्तान मोनांक पटेलले टोलीलाई राम्रो सुरुवात दिँदै पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । रिशाद हुसेनको बलमा तान्जिद हसनले क्याच आउट गरेपछि टेलर आउट भए । उनले २८ बलको सामना गर्दै ३१ रन बनाए । कप्तान मयंक पटेलले ३८ बलमा ४२ रनको इनिङ खेले ।

टेलरपछि कप्तान पटेलले आरोन जोन्ससँग ५६ बलमा ६० रनको साझेदारी गर्दै टोलीको स्कोरलाई सम्मानजनक स्तरमा पुर्‍याउन योगदान दिए। जोन्सले ३४ बलमा ३५ रन बनाए ।

बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले २–२ विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो । ओपनिङ ब्याट्सम्यान सौम्या सरकार खाता नखोलेर १ रन बनाएर पेभिलियन फर्किए । त्यसपछि बंगलादेशको दोस्रो विकेट पनि ३० रनमा खसेको थियो । तान्जिद हसन पनि १९ रन बनाएर पेभिलियन फर्किए ।

कप्तान नजमुल शान्तोले इनिङ्स सम्हालेका थिए । पहिले उनले तान्जिद हसनसँग २२ बलमा २९ रनको साझेदारी गरे । त्यसपछि उनले तौहिद हडेसँग ३७ बलमा ४८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाउन सक्दो प्रयास गरे पनि सफल हुन सकेनन् । शान्तोले ३४ बलमा ३६ रन बनाए ।

उनको आउट भएपछि तौहिद हुदे र शकिब हसनले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तौहिदले २१ बलमा २५ रन र शकिब हसनले २३ बलमा ३० रन बनाए ।

अमेरिकाका लागि अली खानले सर्वाधिक विकेट लिए । उनले ३.३ ओभरमा २५ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रावलकरले ३ ओभरमा १५ रन दिएर २ विकेट लिए भने शाडले भानले २ विकेट लिए । जसदीप सिंह र कोरी एन्डरसनले पनि १–१ विकेट लिए ।