८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त

आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त
अ अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ अन्तर्गत आज दोस्रो क्वालिफायर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल बेलुका ७ः४५ बजेदेखि चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा हुनेछ ।

यो खेल जित्ने टोली फाइनलमा पुग्ने छ जहाँ उसले कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ । हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ ।

हैदरावादले ३ पटक क्वालिफायर २ खेलेको छ
२०१६ को च्याम्पियन सनराइजर्स हैदरावाद ७ औं पटक आईपीएलको प्लेअफमा पुगेको छ । टोली पहिलो पटक २०१३ मा प्लेअफमा पुग्यो, जुन उनीहरूको डेब्यु सिजन थियो । एसआरएच अब २०२० पछि प्लेअफमा पुगेको छ । अहिलेसम्म ६ प्लेअफमा एसआरएच २ पटक फाइनलमा पुगेको छ । उसले २०१६ मा उपाधि जित्यो भने २०१८ मा उपविजेता बन्यो । हैदरावादले क्वालिफायर–२ प्लेअफमा ३ पटक खेलेको छ । २ पटक जितेको छ भने एक खेल हारेको छ ।

राजस्थान तेस्रो पटक क्वालिफायर–२ खेल्दै
आईपीएलको पहिलो सिजनको उपाधि राजस्थानले जितेको थियो । आरआर २०२२ मा पनि उपविजेता बनेको थियो । टोली छैटौं पटक प्लेअफ चरणमा पुगेको छ । रोयल्सले तेस्रो पटक क्वालिफायर–२ खेल खेल्नेछ। यसअघि उसले एक जित र एक हार बेहोरेको थियो । २०२२ मा क्वालिफायर–२ मा आरसीबीलाई हराएर टोलीले फाइनल खेलेको थियो ।

हेड टु हेडमा दुवै टोलीको कीर्तिमान मिश्रित छ, त्यहाँ एक खेलको मात्र अन्तर छ । हालसम्म दुई टोलीबीच जम्मा १९ खेल भएका छन् जसमध्ये ९ खेलमा आरआर र १० खेल एसआरएचले जितेका छन् ।

यो सिजन दुई टोलीबीच एक खेल भएको थियो । घरेलु मैदानमा भएको यो खेल हैदरावादले १ रनले जितेको थियो । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

राजस्थानका रियान पराग टोलीका सर्वाधिक स्कोरर हुन् । उनले १५ खेलमा ५६७ रन बनाएका छन् । जसमा ४ अर्धशतक समावेश छ । टिमका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १८ विकेट लिएका छन् ।

अर्कोतर्फ ट्राभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनले ४०० भन्दा बढी रन बनाएका छन् । जबकि हेड र अभिषेकको ओपनिङ जोडीले २०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । दुवैले आक्रामक पारी खेलेका छन् । हेड टोलीका सर्वाधिक स्कोरर (५३३ रन) हुन् ।

बलिङमा टी नटराजनले १२ खेलमा १८ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । यस्तै, कप्तान प्याट कमिन्सले १६ विकेट र भुवनेश्वर कुमारले ११ विकेट लिएका छन् ।

एमए चिदम्बरम रंगशालाको पिच स्पिनरका लागि सहयोगी सावित भएको छ । अहिलेसम्म यहाँ ८८ आईपीएल खेल खेलिएका छन् । ४८ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३५ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६/५ ​​हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो ।

आज चेन्नईको मौसम ठीक हुनेछ । आजको दिन बादल र घामसँगै हल्का चिसो रहनेछ । वर्षाको सम्भावना ५ प्रतिशत मात्रै छ । तापक्रम २९ डिग्रीदेखि ३६ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

दुबै टोलीका सम्भावित प्लेइङ ११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान र विकेटकीपर), यशस्वी जैसवाल, टम कोहलर क्याडमोर, रियान पराग, ध्रुव जुरेल, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल र सन्दीप शर्मा ।

सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, शाहबाज अहमद, विजयकान्त विश्वकान्त, भुवनेश्वर कुमार र टी नटराजन ।