२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबारीमा रोकिए



अ+ अ-

काठमाडौँ । सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाईजले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरा बढाउने मौका गुमाएको हो । शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साविकको विजेता मच्छिन्द्र क्लवको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधवार तेस्रो स्थानको जावलाखेल युथ क्लवबिरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११ औं स्थानमा छ । लगातार जितबिहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्स क्लव र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

लिग अन्तर्गत बिहीवार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराएको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे । यससँगै फ्रेण्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ । फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमो छ ।