६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबारीमा रोकिए



अ+ अ-

काठमाडौँ । सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाईजले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरा बढाउने मौका गुमाएको हो । शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साविकको विजेता मच्छिन्द्र क्लवको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधवार तेस्रो स्थानको जावलाखेल युथ क्लवबिरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११ औं स्थानमा छ । लगातार जितबिहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्स क्लव र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

लिग अन्तर्गत बिहीवार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराएको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे । यससँगै फ्रेण्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ । फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमो छ ।