२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः दुई ‘हेभिवेट’ टिमको ‘हाई भोल्टेज’ भिडन्त



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडले प्रतिस्पर्धा गर्दैछन् ।

सेमिफाइनलको दोस्रो लेग आज मध्यरातमा म्यान्चेस्टर सिटी र रियल मड्रिडबीच सिटीको घरेलु मैदान इतिहाडमा हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । यसअघि रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा १–१ गोलको बराबरी खेलेको सिटीले आज आफ्नो मैदानमा फाइदा उठाउने दाउमा छ । सिटीको घरेलु सर्मथकबीच खेल्न रियललाई चुनौतीपूर्ण हुनेछ ।

रियल मड्रिडले क्वाटरफाइनलमा चेल्सीलाई समग्रमा ४–० को नतिजाले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, म्यान्चेस्टर सिटीले बायर्न म्युनिखलाई समग्रमा ४–१ ले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

गत सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमै सिटी रियल मड्रिडसँग समग्रमा ६–५ ले पराजित हुँदै उपाधि सपना तुहिएको थियो । आज सिटी त्यसकै बदला लिने दाउमा हुनेछ । सिटीका कप्तान इल्काए गुन्डोवान, केभिन डी ब्रुएना र एर्लिङ हालाण्डको अट्याकिङलाई रोक्नु रियलका डिफेन्डरलाई कठिन हुनेछ ।

यता, रियलका कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर र रोड्रिगोले पनि सिटीका डिफेन्डरसामू चुनौती पेश गर्नेछन् । च्याम्पियन्स लिगमा रियल मड्रिडको इतिहास बलियो छ । साविक विजेतासमेत रहेको रियलले सर्वाधिक १४ पटक च्याम्पियन्स लिग जितेको छ ।

आजको विजेताले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टरले गएराति भएको खेलमा शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० को नतिजाले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल टर्कीको इस्तानबुल शहरमा हुनेछ ।