११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

निषेधाज्ञा र वर्षाकाबीच वाग्मती सफाइ महाअभियान जारी

निषेधाज्ञा र वर्षाकाबीच वाग्मती सफाइ महाअभियान जारी
अ अ+ अ-

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । 

सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारी, सफाइ अभियानकर्मीद्वय चक्रबहादुर चन्द र दुर्गा रावलले पशुपति क्षेत्रमा सफाइ गर्नुभएको छ ।

 सफाइको क्रममा पशुपति क्षेत्रको वाग्मती किनारमा धेरै फौहर भेटिएको उहाँले सुनाउनुभयो । कोरोनाबाट र सामान्य अवस्थामा निधन भएका गरी दैनिक सयौँको सङ्ख्यामा शवदाह गर्न पशुपति क्षेत्रमा ल्याउन थालेपछि नदीक्षेत्र प्रदुषित बनेको हो । शवदाहमा प्रयोग भएका सामग्री नदी किनारमा सफाइ नगरी फालिएको अवस्थामा भेटिने गरेको अभियानकर्मीको गुनासो छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा पनि सफाइ गरिएको छ । यस क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको हो । निषेधाज्ञाकाबीच अभियानकर्मीले घरनजिकको नदी किनारमा सफाइ अभियानलाई निरन्तरता दिनुभएको छ । 

नदी किनारभन्दा टाढा निवास भएका अभियानकमर्मीले टोल सफाइ एवं जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । बिहान वर्षा भएपछि अभियानकर्मी छाता ओढेर भएपनि सफाइ महाअभियानलाई निरन्तरता दिन जुटेका थिए ।

विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा देशका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ जारी छ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई स्वच्छ एवं स्नानयोग्य बनाउन उद्देश्यकासाथ शुरु भएको अभियान वर्षा, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्वका दिनसमेत निरन्तर हुँदै आएको छ ।

 काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीसहित २० स्थानमा सफाइ हुन थालेको छ । वाग्मतीका विभिन्न भागका साथै रुद्रमती, विष्णुमतीका विभिन्न भाग, मनोहरा, हनुमन्ते, गोदावरीखोला, चक्रपथका विभिन्न भाग, सांस्कृतिक सम्पदा क्षेत्रमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी एवं सम्पदास्थलमा पनि सफाइ अभियान जारी छ । काठमाडौँ उपत्यका र बाहिर गरी हाल १०७ भन्दा बढी स्थानमा सफाइ अभियान चलिरहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ अभियानलाई निरन्तरता दिइएको हो । आठ वर्षदेखि स्वयंसेवी अभियानका रुपमा सफाइ जारी रहेपनि स्थानीय सरकारले भने सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।
–पूर्णप्रसाद मिश्र