पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्तामा कुमार खड्कालाई नियुक्त गरिएको छ । प्रदेश सरकारको आइतबार बसेको बैठकले मन्त्री खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
विनाविभागीय मन्त्रीका रूपमा शनिबार शपथ लिएका खड्का कांग्रेसनिकट रहेका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसै गरी बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि सेवासुविधा दिने विषयमा पनि छलफल गरेको छ ।
पूर्वमुख्यमन्त्रीको सेवासुविधासम्बन्धी ऐन जारी नहुँदासम्म बैठकले नै निर्णय गर्ने गरी छलफल भएको प्रवक्ता खड्काले बताएका छन् ।








