पाल्पा । जिल्लाको रिब्दीकोट गाउपालिका-२, लघुवा जोर्तेमा दुई वटा टिपर एकआपसको ठोक्किएर एउटै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउपालिका-२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेका छन् ।
घाइते चार जनाकै अवस्था गम्भीर रहेको छ भने सबैको पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
बुटवलबाट गुल्मी जाँदै गरेका बा ४ ख ७३ २० र प्रदेश ३-०२ ००१ क ०२५० नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त टिपर सडकदेखि झण्डै २ सय २० मिटर तल खसेको बताइएको छ ।








