२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षपछि ‘गजनी’को सिक्वेल बनाउन चाहन्छन् आमिर, अल्लु अर्जुनका बुबासँग कुरा चल्दै



अ+ अ-

एजेन्सी । फिल्म ‘लाल सिंह चड्ढा’को बक्सअफिसमा असफलतापछि आमिर खानले फिल्मबाट ब्रेक लिएका छन् ।

गत वर्ष अभिनेताले च्याम्पियन फिल्मको घोषणा गरेका थिए तर त्यो अलपत्र परेको थियो । यसैबीच आमिर खान छिट्टै काममा फर्किने खबरहरु आइरहेका छन् । आमिर २००८ को सुपरहिट रिभेन्ज ड्रामा फिल्म ‘गजनी’को सिक्वेल बनाउन लागेका हुन् ।

यतिबेला उनी फिल्मको बारेमा निर्मातासँग छलफल पनि गरिरहेका छन् । यद्यपि यस विषयमा आमिरको तर्फबाट आधिकारिक जानकारी भने आएको छैन ।

पिपिङमुनको रिपोर्ट अनुसार आमिर खान ‘गजनी २’ को लागि साउथतर्फ लागेका छन् । अभिनेता अल्लु अर्जुनका पिता अल्लु अरविन्दसँग काम गर्न चाहन्छन्, त्यसैले उनीसँग कुरा गर्न उनी धेरै पटक हैदरावाद गएका छन् ।

फिल्मलाई लिएर यी दुईबीच चर्चा चलिरहेको छ । स्रोतका अनुसार गत हप्ता पनि आमिर खानले अल्लु अरविन्दलाई भेटेका थिए । दुबैले धेरै प्रोजेक्टको बारेमा कुरा ग रे। दुवै सँगै काम गर्न निकै उत्साहित छन् ।

स्रोतका अनुसार अल्लु अरविन्द र आमिरबीच ४–५ महिनादेखि पटक–पटक भेट हुँदै आएको छ । तर आयोजनासँग सम्बन्धित सबै कुरा गोप्य राखिएको छ । यस परियोजनामा ​​अझै वार्ता जारी छ, अझै केही पुष्टि भएको छैन ।

आमिर र अल्लु अरविन्द दुवै सञ्जय सिंघानियाको कथालाई अगाडि बढाउन चाहन्छन् र केही महिनामा स्क्रिप्ट फाइनल गर्ने बताइएको छ । हालसम्म यो योजना पूर्ण रुपमा गोप्य राखिएको छ ।