११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

स्लोभेनिया, अष्ट्रिया र माल्टाबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण

स्लोभेनिया, अष्ट्रिया र माल्टाबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । युरोपेली सङ्घ (इयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि यहाँस्थिति युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेलाई ती सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज हस्तान्तरित सामग्रीमा ३० हजार थान फेस मास्क, एक लाख थान निट्राइल् पञ्जा, १२ हजार ५०० थान प्रोटेक्टिभ् गगल्स, एक लाख थान प्रोटेक्टिभ मास्क, छ लाख थान नन्–स्टेराइल् मेडिकल मास्क, ५० हजार थान, भल्भ्रहित एफ्एफ्पी मास्क, एक हजार वटा पल्स अक्सिमिटर, दुई हजार ४०० वटा एन्टिजेन टेस्ट किट, १३० वटा नन्–कन्टयाक्ट् इन्फ्रारेड थर्मोमिटर र पाँच हजार थान फेस शिल्ड छन् ।
 
आज प्रदान गरिएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको ‘टिम युरोप’को ऐक्यबद्धताको अर्को उदाहरण भएको बताउँदै ‘‘यो महामारीको शुरुआतदेखि नै “टिम युरोप” नेपालसँगै उभिएको छ र नेपाललाई सघाउन हामी तत्पर छौँ, सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन,” राजदूत डेप्रेले भन्नुभयो ।