२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोटसहित २ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

नक्कली नोट कारोबार गर्ने जाजरकोट घर भइ हाल टोखा न.पा ७ बस्ने बर्ष ३१ कि सम्झना गहतराज, बाँके नेपालगन्ज घर भई हाल बागबजारस्थित युनिक होटलमा कोठा लिइ बस्ने बर्ष ३२ को सादाय हलुवाई पक्राउ परेका हुन् ।

गोप्य सुचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट सादा पोशाकका प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो । सम्झना गहतराजले गोकर्णेश्वर न पा ६ स्थित नँया बस्तीमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट ४९ थान १००० को तयारी नोट, प्रीन्ट गरेको तर काट्न बाँकि रहेको १२६ थान १००० को नोट, ५०० को तयारी २ थान नोट, रंगिन पेपर ५० थान, फोटोकपी पेपर को रिमलगायतका सामग्री बरामत गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।