११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
अ अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । 

प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने मुख्यमन्त्री शेरधन राईले सोही दिन सदनमा वार्षिक नीति तथा कार्यक्रम टेबल गर्नुभएको थियो ।

दुई दिन लगातार नीति तथा कार्यक्रममा छलफल हुँदा पहिलो दिन १० जनाले र दोस्रो दिन २२ जना सांसदले आ–आफ्ना राय, सुझाव र विचार व्यक्त गर्नुभएको थियो । मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा आज सांसदहरुको सल्लाह, सुझाव, राय र विचारलाई मार्गदर्शकको रुपमा लिने बताउनुभयो । 

उहाँले सरकारले कोभिड–१९ बाट आम नागरिकलाई बचाउन पहिलो प्राथमिकतामा राखेको धारण राख्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने कुरामा जोड दिनुभयो । 

मुख्यमन्त्री राईले हामी समृद्धिको यात्रामा रहेको र तीन वर्षको अवधिमा धेरै उलब्धि हासिल गरेको चर्चा गर्दै सपना र महत्वकांक्षाले मात्र जनताको आवश्यकतालाई पूरा गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले समृद्धि बाजा बजाएर वा धुप बालेर नआउने यसका लागि खोज र अविष्कार गर्नु पर्छ भन्दै सरकार घरेलु उत्पादनलाई ‘ब्राण्ड’ बनाउने दिशामा रहेको बताउनुभयो । उहाँले यस अधिवेशनमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पनि सदनमा पेश हुने जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा, नेकपा (माओवादी केन्द्र)को तर्फबाट मोहनचन्द्र खड्का र जनता समाजवादी पार्टीको तर्फबाट जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । सांसद यादवको सबै बुँदाहरु मुख्यमन्त्री राईले स्वीकार गर्नु भएपछि सो प्रस्ताव उहाँले फिर्ता लिनुभएको थियो । 

अन्य दुई दलले दर्ता गरेको प्रस्ताव फिर्ता नलिएपछि बहुमतबाट अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्ने सभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।