११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

बैतडी, दैलेखलगाायत अन्य स्थानमा निषेधाज्ञा लम्बियो, कहाँ कहिलेसम्म हेर्नुहोस्

बैतडी, दैलेखलगाायत अन्य स्थानमा निषेधाज्ञा लम्बियो, कहाँ कहिलेसम्म हेर्नुहोस्
अ अ+ अ-

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमणदर घट्दो भए पनि जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निर्णय भएको हो, त्यहीअनुसार आदेश जारी हुन्छ ।”

थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी÷कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गरी बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने छ । साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जनाइएको छ । एन्टिजेन परीक्षण निःशुल्क गर्ने  व्यवस्था मिलाउने निर्णयसमेत भएको छ । हाल जारी निषेधाज्ञामा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको छ । 

बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन हुनेछन् । स्थानीय तहहरूबाट बैंकको कामका लागि सदरमुकाम जानु परेमा स्थानीय तहको सिफारिसमा यातायातको साधन प्रयोग गरी जान पाइने छ । 

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिनेछन् । गाउँ तथा नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम (विकास निर्माणका कामको भुक्तानी) गाउँ तथा नगरपालिकाले तोकेको समयमा सञ्चालन गर्न पाइने छ । 
 
नयाँ निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायतका कार्यक्रम गर्न पाइने छैनन् । विद्यालय, मालपोत, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयबाट प्रवाह हुने सबै सार्वजनिक सेवा बन्द रहनेछन् ।  

निषेधाज्ञाको उल्लङ्घन गरेमा, कालोबजारी गरेमा, तोकेको मूल्यभन्दा बढी मूल्य लिएमा, म्याद नाघेका खाद्यवस्तुको विक्रीवितरण गरेमा र पसलमा मूल्यसूची नराखेमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

कोरोनाको दोस्रो लहर आएपछि यो चौथोपटक निषेधाज्ञाको अवधि थपिन लागेको हो । यसअघि वैशाख २० गतेदेखि जेठ २ गतेसम्म, जेठ ३ गतेदेखि जेठ १७ गतेसम्म र जेठ १८ गतेदेखि जेठ ३१ ग्तेसम्म निषेधाज्ञा थपिएको थियो ।  

दैलेखमा असार १० सम्म निषेधाज्ञा : जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।  प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताउनुभयो । 

यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढदै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उहाँले बताउनुभयो । अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ । दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन् । त्यस्तै बैंक पनि खुला रहनेछन् ।

बागलुङमा पाँचौ पटक निषेधाज्ञा जारी : बागलुङमा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन ९डिसिसिएसी०को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । 

निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ । 

कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दरमा कमी नआएपछि ९डिसिसिएमसी० ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो । रासस