• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने ★   शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प ★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह ★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार

चेल्सीलाई हराउँदै आर्सनल पुनः शीर्षस्थानमा उक्लियो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले दुई तथा गाब्रियल जेसुसले एक गोल गरे । चेल्सीका नोनी माडुएकेले एक गोल फर्काए ।

लण्डन डर्बीको १८ औं मिनेटमा नै ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ग्रानिट जाकाले क्रस गरेको बललाई उनले वान टचमा गोल गरे ।

यस्तै, ३१ औं मिनेटमा ओडेगार्डले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दोब्बर पारे । जाकाले नै उपलब्ध गराएको पासलाई पुनः ओडेगार्डले वान टच मै गोल गरे । ३४ औं मिनेटमा जेसुसले गोल गर्दै आर्सनललाई ३–० गोलले अघि बढाए ।

६५ औं मिनेटमा माडुएकेले गोल गर्दै चेल्सीलाई १–३ को स्थितीमा लगे । त्यसपछि खेलमा थप गोल हुन सकेन र आर्सनल विजयी बन्यो ।

जितसँगै आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको ३४ खेलबाट ७८ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३२ खेलबाट ७६ अंक छ । यस्तै, चेल्सी ३३ खेलबाट ३९ अंकका साथ १२ औं स्थानमा छ ।