• ९ भाद्र २०८१, आईतवार
  •      Sun Aug 25 2024
  •   Unicode
Logo
Latest
★   रामेछाप पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो, ४ बेपत्ता ★   अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध ★   दोरम्बा–शैलुङमा गएको पहिरोमा २ जनाको मृत्यु, ८ बेपत्ता ★   पूर्वप्रधानन्यायाधीश पराजुलीको सुझाव, २७ अर्बमा २७ सय गड्यौला मल कारखाना, त्यसपछि मलमा आत्मनिर्भर ★   बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति ★   महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटना ★   गण्डकी महासभाको ३०औँ शृङ्खला पञ्चकोटमा ★   साफ यु–२० च्याम्पियनसिपको फाइनल पुग्न नेपालले आज भुटानसँग खेल्दै ★   एभर्टनमाथि टोटेनहमको सहज जित, लेस्टर सिटी फुलहमसँग पराजित ★   रामेछापको दोरम्बामा पहिरो, ११ जना बेपत्ता

पशुपति कोटीहोम महायज्ञ सुरु



काठमाडौँ: पशुपति कोटीहोम महायज्ञ विधिवत् रुपमा सुरु भएको छ ।

यही साउन महिनाभर सञ्चालन हुने कोटीहोम महायज्ञको आज एक कार्यक्रमकाबीचमा उद्घाटन गरिएको छ । साथमा श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ ।

कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । आज पहिलो दिन करिब पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सुरु कोटीहोम महायज्ञ उद्घाटनमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता थियो ।

सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, किरात धर्मगुरु डा चन्द्रकुमार शेर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।

उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गर्नुभएको छ । दैनिक बिहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्नुहुने आयोजकले जनाएको छ । त्यसका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ ।रासस