१६ असार २०८३, मंगलवार
,
Latest
कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए



file photo
अ+ अ-

काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको र बाँकी आठ जानाको सनाखत हुन बाँकी छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १७ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । “भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उहाँले भन्नुभयो, “यसैगरी अन्य छ जना पुरुष र दुई महिलाको सनाखत हुन बाँकी छ ।”

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर  त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र  गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए ।

बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल हुनुभएको छ । रासस