४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास



अ+ अ-

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका स्टाइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।

जिरुडले इन्स्टाग्राममा एक सन्देश लेख्दै सन्यासको घोषणा गरेका हुन् ।

१३ वर्षसम्म राष्ट्रिय टोलीबाट खेलेका उनले लेखेका छन्, ‘फ्रेन्च राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ । म १३ वर्षसम्म टोलीको हिस्सा रहेँ । त्यो मेरो हृदयमा सधैं रहिरहने छ । यो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो ।’

उनी फ्रान्सका उच्च गोलकर्तासमेत हुन् । जिरुडले राष्ट्रिय टोलीबाट १ सय ३७ खेलमा ५७ गोल गरेका छन् ।

फ्रान्सले सन् २०१८ को विश्वकप जित्दा जिरुड टोलीका महत्वपूर्ण सदस्य थिए । उनले गत मेमा युरोपियन च्याम्पियनसिप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए ।

हालै सम्पन्न प्रतियोगितामा जिरुडले वैकल्पिक खेलाडीका रूपमा चार खेलमा अवसर पाए । तर, फ्रान्सको यात्रा सेमिफाइनलसम्म रह्यो ।

जिरुडले सन् २०११ मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।