१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाइ दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गर्नुभएको हो ।

उहाँले शुभेच्छुकहरूलाई सकेसम्म मेसेन्जरमार्फत सन्देश पठाउन र भेटघाटमा खादा/मालाको प्रयोग नगर्न अनुरोध गर्नुभएको छ ।

विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शुभकामना र बधाइका लागि व्यक्तिगत रूपमा भेट्नु भन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समय समेत बचत हुने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ–‘शुभ प्रभात ! विभिन्न विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्दछु ।’