६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई हराउँदै आर्सनल पुनः शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले दुई तथा गाब्रियल जेसुसले एक गोल गरे । चेल्सीका नोनी माडुएकेले एक गोल फर्काए ।

लण्डन डर्बीको १८ औं मिनेटमा नै ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ग्रानिट जाकाले क्रस गरेको बललाई उनले वान टचमा गोल गरे ।

यस्तै, ३१ औं मिनेटमा ओडेगार्डले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दोब्बर पारे । जाकाले नै उपलब्ध गराएको पासलाई पुनः ओडेगार्डले वान टच मै गोल गरे । ३४ औं मिनेटमा जेसुसले गोल गर्दै आर्सनललाई ३–० गोलले अघि बढाए ।

६५ औं मिनेटमा माडुएकेले गोल गर्दै चेल्सीलाई १–३ को स्थितीमा लगे । त्यसपछि खेलमा थप गोल हुन सकेन र आर्सनल विजयी बन्यो ।

जितसँगै आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको ३४ खेलबाट ७८ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३२ खेलबाट ७६ अंक छ । यस्तै, चेल्सी ३३ खेलबाट ३९ अंकका साथ १२ औं स्थानमा छ ।