• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ?

बैंक तथा वित्तीय संस्थाका थप शाखा सञ्चालन गर्न राष्ट्र बैंकको निर्णय



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका धेरै शाखा पुन: सञ्चालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि सकेसम्म थोरै कर्मचारी राखेर भीड नहुनेगरी आलोपालो शाखाहरु सञ्चाल गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामका लागि मात्रै कार्यालयमा कर्मचारीको उपस्थिति गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। त्यस्तै प्रधान कार्यालयको हकमा एक तिहाई कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न भनिएको छ । उपत्यकाबाहिर स्थानीय निकायसँगको समन्वयमा शाखा संचालन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। 

यसअघि जेठ १९ गते राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा संचालन संख्या तोकिदिएको थियो।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पुरानो व्यवस्था हटाइएको जानकारी दिनुभएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्रै खुल्दा झन् भीड हुन सक्ने भएकाले थप शाखाहरु संचालन गर्नुपर्ने अवस्था रहेको भट्टले बताउनुभयो।